दफा २८
भैपरी रकमको खर्च स्वीकृत कार्यविधि बमोजिम गर्ने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको भैपरी आउने शीर्षक अर्न्तगतको रकमको खर्च नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा आयोगले बनाएको कार्यविधिको आधारमा गर्नु पर्नेछ।”